एमाले निकट कर्मचारी संगठनमा गौतमको माग अनुसार चुनाव हुने  « Khabarhub

एमाले निकट कर्मचारी संगठनमा गौतमको माग अनुसार चुनाव हुने 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले निकट कर्मचारी संगठन महाधिवेशन चुनावी चरणमा प्रवेश गरेको छ । लामो समयसम्म प्रयास गरिएको सहमतिको प्रयास असफल भएपछि अध्यक्षका प्रत्याशी रेवन्त गौतमको प्रस्तावअनुसार संगठन चुनावी प्रक्रियामा अगाडि बढेको हो ।

संगठनको अध्यक्षका आकांक्षी भवानी दाहालले पछिल्लो समयसम्म सहमतिमा नेतृत्व चयन हुनुपर्ने र रेवन्त गौतमले चुनावी प्रतिस्पर्धा हुनुपर्ने माग राख्दै आएका थिए । बुधबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको संगठनको महाधिवेशनमा आजै रातिसम्म मतदान हुने भएको छ ।

जसअनुसार अन्तिम नामावली अहिले २ः३० बजे प्रकाशन भइसकेको छ । अब ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी दिने, ६ देखि ७ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र ७ बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने तालिका प्रकाशन गरिएको छ ।

त्यस्तै, ७ः३० देखि १० बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक भएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि मतदान सुरु हुने सार्वजनिक तालिकामा उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ३५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा