प्रणय दिवस : टीकापुरलाई गुलाबको सहर बनाउने « Khabarhub

प्रणय दिवस : टीकापुरलाई गुलाबको सहर बनाउने


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

टीकापुर– प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ । आज आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गरे। 

उनले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए ।

‘बजारमा गुलाब रोपेर सहरलाई सुन्दर बनाउने काम राम्रो हो’, उनले भने, ‘यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ ।  मेरो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए । टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।    

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताइन् ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आफूले गुलाबको बगैँचासहितको गुलाबको सहर कतै नदेखेको बताए । ‘यो नै विश्वको गुलाबको पहिलो सहर हुनेछ,’ उनले भने, ‘यसलाई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिन्छ ।’

नगरप्रमुख रामलाल डंगौरा थारूले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् । पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् । 

गुलाब रोप्ने अभियानमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् । 
 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ३५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील