पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त « Khabarhub

पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहारा क्लब पोखराले आयोजना गरेको आहारारा पोखरा गोल्ड कपको २४औँ संस्करण शनिबार समापन हुँदै छ। फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आमनेसामने हुनेछन्।

बुधबारसम्म प्रतियोगिताका खेल संख्या २५१ पुगेको छ, जुन मोफसलका प्रतियोगितामध्ये सर्वाधिक हो। सहारा क्लबले २०५८ सालमा क्याराभान गोल्ड कपका रूपमा प्रतियोगिता सुरु गरेको थियो।

मनाङ मर्स्याङ्दी क्लबले १२ पटक फाइनल खेलेको इतिहास भए पनि पुलिस ११औँ पटक फाइनल पुगेको छ। यदि पुलिसले जितेमा ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै उपाधि जित्ने नयाँ क्लब हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरे। ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले पुलिसको खेल शैली विश्लेषण गरेर योजना बनाएको बताए। पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना युवा खेलाडीलाई विश्वास रहेको उल्लेख गरे।

शनिबार दिउँसो २ बजे हुने फाइनल खेलको विजेताले १२ लाख १ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले स्कुटर जित्नेछ भने अन्य उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार नगद पुरस्कार दिइनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील