पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त « Khabarhub

पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहारा क्लब पोखराले आयोजना गरेको आहारारा पोखरा गोल्ड कपको २४औँ संस्करण शनिबार समापन हुँदै छ। फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आमनेसामने हुनेछन्।

बुधबारसम्म प्रतियोगिताका खेल संख्या २५१ पुगेको छ, जुन मोफसलका प्रतियोगितामध्ये सर्वाधिक हो। सहारा क्लबले २०५८ सालमा क्याराभान गोल्ड कपका रूपमा प्रतियोगिता सुरु गरेको थियो।

मनाङ मर्स्याङ्दी क्लबले १२ पटक फाइनल खेलेको इतिहास भए पनि पुलिस ११औँ पटक फाइनल पुगेको छ। यदि पुलिसले जितेमा ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै उपाधि जित्ने नयाँ क्लब हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरे। ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले पुलिसको खेल शैली विश्लेषण गरेर योजना बनाएको बताए। पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना युवा खेलाडीलाई विश्वास रहेको उल्लेख गरे।

शनिबार दिउँसो २ बजे हुने फाइनल खेलको विजेताले १२ लाख १ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले स्कुटर जित्नेछ भने अन्य उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार नगद पुरस्कार दिइनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०५ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८