सुदूरपश्चिम नीति तथा योजना आयोगमा २ जना सदस्य थपिए « Khabarhub

सुदूरपश्चिम नीति तथा योजना आयोगमा २ जना सदस्य थपिए


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा २ जना सदस्य थपिएका छन् । आयोगमा उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई जना सदस्य नियुक्त गरेको हो ।

नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन्। सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो । नवनियुक्त सदस्यहरूले आजै शपथ ग्रहण गरे।

यसअघि मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।

यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए । भण्डारी काँग्रेस डडेलधुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । 

प्रदेश मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको सदस्यमा आज २ जनालाई थप नियुक्त गरेको हो । त्यसपछि उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : २८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा