हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते « Khabarhub

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।

“स्थानिय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले बताए ।

“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए ।” टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देखाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १० : ०४ बजे

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २