ट्रम्पले मोदीको प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार « Khabarhub

ट्रम्पले मोदीको प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । ह्वाइटहाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले मोदीको प्रशंसा गर्दै आफूभन्दा राम्रो वार्ताकार भएको बताएका हुन् ।

दुई दिने अमेरिकी भ्रमणका क्रममा अमेरिका गएका मोदी ट्रम्पसँग करिब अढाई घण्टा साथमा रहे ।
सो क्रममा द्धिपक्षीय वार्तासमेत भएको छ । त्यसपछि दुवैले मिडियासँग दुई पटक कुराकानीसमेत गरे । मिडियासँग मोदीबारे ट्रम्पले खुलेर प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार ।

ट्रम्पले शुल्क लगाउने विषयमा मोदीको तारिफ गर्दै राम्रो मोलभाव गर्ने व्यक्ति भनी बताए । उनले मोदी आफ्नो निकट मित्र रहेको भन्दै मोदीले गरेको कामकोसमेत प्रशंसा गरे ।

ट्रम्पले भारतलाई एफ–३५ फाइटर जेट दिने घोषणा गरेका छन् । त्यस्तै उनले सन् २००८ मा मुम्बई हमलाका आतंककारी तहब्बुर राणालाई भारतलाई सुम्पिने पनि बताए ।

मोदीले पनि ट्रम्पलाई दोस्रो पटक राष्ट्रपति भएकामा बधाई दिए । मोदीले आफू र ट्रम्प मिल्दा एक एक एघार हुने बताए । मोदी बिहीबार बिहानै अमेरिका पुगेका थिए । दुई दिने अमेरिका भ्रमणका क्रममा मोदीले अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डसँग छलफल गरेका थिए ।

अमेरिकी संसदको उपल्लो सभाले बुधबारमात्रै गबार्डलाई उक्त पदमा नियुक्त गरेको थियो । मोदीले उक्त भेटघाटका क्रममा गबार्डलाई बधाई दिए । सो क्रममा भारत र अमेरिकाबीच राम्रो सम्बन्ध बनाइराख्न कयौँ विषयमा छलफलसमेत भएको थियो ।

यसअघि मोदी अमेरिका पुग्नुअघि फ्रान्स भ्रमणमा थिए । उनले फ्रान्सेली राष्ट्रपतिसँग मिलेर एआई शिखर सम्मेलनको सहअध्यक्षता ग्रहण गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ३१ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,