म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनमा « Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनमा


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं- म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनमा पुगेको छ ।

गएराती सम्पन्न राउन्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनमा पुगेको हो । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

यस खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो ।

अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनको सामना गर्ने छ । क्वाटरफाइनलका खेलहरू पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ ।
            

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ३७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन