युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी « Khabarhub

युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा कर बढाउने निर्णय गरेपछि अमेरिकामा बनेको रक्सीमा ५० प्रतिशत कर लगाउने युरोपेली मुलुकको योजनापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

अहिले ट्रम्प अमेरिकाको व्यापारमा कर कटाउँदै सामान आयातमा कर लगाउने योजनामा छन्। अमेरिकाले आर्थिक समृद्धि मार्फत् नै सबै कुरा पार लगाउने योजना रहेको समेत उनले बताए। ट्रम्पको यो योजनालाई पहिलो विश्व युद्ध अघिको अवस्थाको रूपमा हेरिएको छ । सो समयमा आधा भन्दा बढी आम्दानीको श्रोत सामान आयात गर्दा लाग्ने कर नै थियो।

सन् १९१२ मा विड्रो विल्सनले थियोडर रुजवेल्टलाई हराएपछि उनले यो योजना भन्दा फरक आम्दानी करलाई बनाएका थिए।

कर वृद्धिको चर्को आलोचना भइरहेका बेला यसले अर्बौं डलर सञ्चित हुने दाबी ट्रम्पले गरेका छन्। ‘हामी करमार्फत् अर्बौं डलर जम्मा गरिरहेका हुने छौँ। साथमा हामी यत्ति धनी हुने छौँ की त्यो कहाँ खर्च गरौँ जस्तो हुने छ’, अहिले लगाइएको करको निर्णयका बारे ट्रम्पले भनेका छन्।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ५४ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर