मधेश प्रदेशका ११४ अस्पताल अनुगमन गर्दा ७३ अवैध « Khabarhub

मधेश प्रदेशका ११४ अस्पताल अनुगमन गर्दा ७३ अवैध


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पताल र अन्य निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका छन् । 

बिहीबार साँझ अनुगमनका क्रममा १९ मध्ये अवैध र अनधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएपछि मुख्यमन्त्री सिंहले खाना खुवाउने क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिएका छन् । 

प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णतामा परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गरिरहेको हल्ला फिँजिएपछि मलङ्गवा बजारका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए ।

‘चार पाँच बाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये तीन वटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमति पत्र फेला परे,’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने । अनुगमनका क्रममा जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । 

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णका अनुसार मलंगवास्थित मैक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, कल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ ।

बिहीबारको अनुगमनसँगै मुख्यमन्त्री सिंहले जनकपुरधाम, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिवन, रौतहटका चन्द्रपुर र गरुडा, पर्साको वीरगन्जसहितका ठाउँमा ११४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । अनुगमन ७३ वटा निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने निर्देशन दिइएको छ । २३ वटालाई नवीकरण गर्ने दिइएको छ भने १५ वटा अस्पताल सञ्चालन अवैध रहेको पाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : ५६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत