८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता  « Khabarhub

८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता 


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अर्थात् फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन २८ गतेसम्ममा ४२७ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता आएको छ । उक्त आयोजनाहरूबाट  ११ हजार ४७५ जनालाई रोजगारी पाउने छन् । 

समीक्षा अवधिमा विदेशी लगानीकर्ताले १ अर्ब ९४ करोड ५० लाख  ४१ हजार ५०५ रुपैयाँ बराबरको नेपालको ३२ आयोजना लगानी गर्ने भएका छन् । 

८ महिनाको अवधिमा आएको लगानी प्रतिबद्धता आएकोमध्ये ४६ वटा आयोजनाले नेपाललाई प्रविधि हस्तान्तरण गर्ने भएका छन् । 

फागुन महिनामा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ४० आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता भएको छ । जसले ८३३ जनालाई रोजगारी सिर्जना हुने विभागले सार्वजनिक गरेको तथ्यांकमा छ । 

अहिलेसम्म ५ खर्ब ६४ अर्ब ४० करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको ६ हजार ८२५ वैदेशिक लगानी प्रतिबद्धता भएको तथ्यांकमा उल्लेख छ । जसबाट ३ लाख ३९ हजार ६७५ जनाले रोजगारी पाउँछन् । 

चालु आवको ८ महिनाको अवधिमा आएको प्रतिबद्धता मध्ये सबैभन्दा बढी साना आयोजनाहरू छन् भने सबैभन्दा कम ठूला आयोजनाहरू छन् । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१५ वटा साना आयोजनामा लगानी प्रतिबद्धता आएको छ भने ८ मध्यम स्तरका आयोजनामा प्रतिबद्धता आएको छ । ४ वटा भने ठूला आयोजनामा लगानी प्रतिबद्धता आएको तथ्यांले देखाएको छ । 

फागुन महिनामा मात्र ३९ वटा साना र एक मध्यम आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

लगानी प्रतिबद्धता आएकोमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा आएको छ भने सबैभन्दा कम खनिजमा आएको छ । ८ महिनाको अवधिमा १७ अर्ब ९० करोड ७५ लाख ८० हजार रुपैयाँ बराबरको १८० वटा आयोजना पर्यटन क्षेत्रमा आएको छ । 

त्यस्तै, सूचना प्रविधिका क्षेत्रमा ९५ करोड ५ लाख ३ हजार २०० रुपैयाँ बराबरको १५४ आयोजना, २२ अर्ब ३६ करोड ३७ लाख ३० हजार रुपैयाँ बराबरको ५४ वटा सेवामूलक र २ अर्ब ६३ करोड २० लाख ५० हजार २०० रुपैयाँ बराबरको ३० उत्पादनमूलक आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

साथै, ७६ करोड १० लाख रुपैयाँ बराबरको ७ कृषि मूलक, २ करोड ५५ लाख रुपैयाँ बराबरको ऊर्जामूलक र २ करोड रुपैयाँ बराबरको १ पूर्वाधारमूलक क्षेत्रमा लगानी प्रतिबद्धता भएको छ । खनिजको क्षेत्रमा भने ८ महिनाको अवधिमा कुनै पनि आयोजनाहरू प्रतिबद्धता भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ