प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ । 

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कङ्साकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनायो ।

घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै कङ्सकारले ६८ बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।  

यसैगरी, ईशान पाण्डेले ३६, पृथु बास्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए । 

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट लिए । अहिले सुदूरपश्चिमले बाग्मतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ०२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा