बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू) « Khabarhub

बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू)


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास‘ निर्माण सम्पन्न हुन लाग्दा भत्काइएको छ ।

करिब ८२ प्रतिशत निर्माण पूरा भइसकेको अवस्थामा गुणस्तरहीन काम गरेको यो ओभरपासको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएको हो । अब फेरि यो ओभरपास पुनःनिर्माण गर्नुपर्ने भएको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनेको यो ओभर तोकिएको समयमा बनेको भए गाडी गुडिसक्नुपर्ने थियो ।

ओभरपासका दुवै (कोटेश्वर र सातदोबाटो) तिर प्रिकाष्ट प्यानल अर्थात् पर्खाल लगाएर माटोले भरिसकेको अवस्था भत्काइएको हो । पिच तयारी भएका बेला सातदोबाटोतर्फको पर्खाल भत्काएर माटो र ब्लक निकालिएको छ। पर्खाल र माटो निकालेर जगबाटै पर्खाल लगाउनुपर्ने भएको छ।

आशीष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ गते २ वर्षको अवधिमा ४ लेनको काम सक्ने गरी २०७८ फागुन १२ गते सम्झौता भएको थियो। तोकिएको समयमा नबनेपछि २०८१ पुस ८ गतेसम्म म्याद थपियो। थपेको म्यादमा पनि तयार भएन । अब गुणस्तरहीन काम भएकाले भत्काउन लगाइएको हो ।

प्रिकाष्ट प्यानल अर्थात् ब्लक/वालमा माटो हालेपछि चर्किएर ठूला चिरा देखिएका थिए । यस्तो हुँदा जुनसुकै बेला भत्किन सक्ने भएपछि ठेकेदारलाई भत्काएर बनाउन निर्देशन दिइएको हो । अहिले धमाधम भत्काइँदैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ४ : १६ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष