महामूर्खको उपाधि मधेशका मुख्यमन्त्रीलाई  | Khabarhub Khabarhub

महामूर्खको उपाधि मधेशका मुख्यमन्त्रीलाई 


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो । 

रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ ।

उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए । उनका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ । 

उनले भने, ‘मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।’

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ५ : १४ बजे

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन