पर्यटनमन्त्रीलाई सांसद बजगाईँका आरोपै आरोप, कारबाही गर्न पार्टीमा निवेदन « Khabarhub

पर्यटनमन्त्रीलाई सांसद बजगाईँका आरोपै आरोप, कारबाही गर्न पार्टीमा निवेदन


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि कारबाहीको माग गरेका छन् ।
 
उनले लिखित पत्रमार्फत पार्टीको केन्द्रीय अनुशासन समितिसँग पार्टीका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेमाथि कारबाहीको माग गरेका हुन् ।
  
सांसद बजगाईंले मन्त्री पाण्डेमाथि संविधान र पार्टी सिद्धान्तको उल्लङ्घन गरेको, पार्टी विधानको उल्लङ्घन गरेको र राष्ट्र र लोकतन्त्रप्रति गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।  

यस्ता छन् बजगाईंले लगाएका आरोपहरू :

१. संविधान र पार्टी सिद्धान्तको उल्लङ्घन 
मन्त्री बद्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्राङ्गणमा निरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेका छन् । 

नेपाली कांग्रेस जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ, त्यसका एक जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हित विपरीतसमेत रहेको देखिन्छ । 

२. पार्टी विधानको उल्लङ्घन 
नेपाली कांग्रेसको विधानले समाजवाद उन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्छ भने एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन सक्दैन । पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन हो । 

३. राष्ट्र र लोकतन्त्रप्रति गैर जिम्मेवार अभिव्यक्ति 
मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुष्प्रयास समेत हो । यो अभिव्यक्ति पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने सम्भावना छ । 

‘उपरोक्त विषयलाई ध्यानमा राख्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिलाई सहमहामन्त्री मन्त्री बद्री पाण्डेविरुद्ध अनुसन्धानात्मक छानबिन गरी यथाशीघ्र कारबाही गर्न अनुरोध गर्दछु,’ सांसद बजगाईंले पत्रमा भनेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ५ : २६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती