महास्‍नानपछि रातो मच्छिन्द्रनाथको रथका पांग्रा पुल्चोकमा (तस्बिरहरू) « Khabarhub

महास्‍नानपछि रातो मच्छिन्द्रनाथको रथका पांग्रा पुल्चोकमा (तस्बिरहरू)


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रातो मच्छिन्द्रनाथ र मिननाथको पवित्र स्नान (महास्नान) सम्पन्न भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि प्रयोग हुने पांग्राहरू जावलाखेलबाट पुल्चोक ल्याइएको छ।

रथ करिब ४८ फिट अग्लो हुन्छ । यसलाई नाङ्लो र किल नलगाई काठ मात्र प्रयोग गरेर निर्माण गरिन्छ। रथको अगाडिको भाग ‘धमा’ भनिन्छ, जुन नागदेवता कर्कोटक नागको प्रतीक हो । रथको सन्तुलनका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ।

रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा लामो रथ जात्रा हो । जुन ललितपुरका गल्लीहरू हुँदै महिनौँसम्म तानिन्छ। जात्राको अन्त्यमा जावलाखेलमा ‘भोटो जात्रा’ मनाइन्छ । जहाँ पवित्र भोटो सर्वसाधारणलाई देखाइन्छ।

महास्नान लगनखेलमा विशेष तान्त्रिक विधिबाट सम्पन्न गरिएको थियो । जुन रथ निर्माण र सुरु हुने जात्राको तयारीको औपचारिक सुरुआत हो।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १२ : ४९ बजे

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा,

मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

काठमाडौँ– औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत)

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार