चरखण्डी महादेवमा घुइँचो « Khabarhub

चरखण्डी महादेवमा घुइँचो


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यविनायक नगरपालिका–१ दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा सोमबार बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको संस्कृतिविद् रत्न सायमीले बताए ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ ।

सोमबार यहाँको कुण्डमा स्नान गर्न बिहानैदेखि घुइँचो लागेको छ । मन्दिरमा बिहानदेखि तीनवटा खटसहितको खट जात्रा यहाँका विभिन्न क्षेत्रमा परिक्रमा गराई मनाइएको छ ।

त्यसैगरी, दधिकोटको चित्रपुरस्थित पूर्ण विनायक गणेश र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा गणेश जात्राको खट यात्रा गरी सिन्दूर खेल्दै टोलटोलमा देवता विराजमान गराइएको खट लगेर जात्रा मनाइएको छ । सिरुटारका बासिन्दाले खटलाई बोकेर सिरुटार, बालकोट परिक्रमा गराई जात्रा मनाएको सिरुटारका प्रकाश श्रेष्ठले जानकारी दिए । यहाँका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ५० बजे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा