चरखण्डी महादेवमा घुइँचो « Khabarhub

चरखण्डी महादेवमा घुइँचो


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यविनायक नगरपालिका–१ दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा सोमबार बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको संस्कृतिविद् रत्न सायमीले बताए ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ ।

सोमबार यहाँको कुण्डमा स्नान गर्न बिहानैदेखि घुइँचो लागेको छ । मन्दिरमा बिहानदेखि तीनवटा खटसहितको खट जात्रा यहाँका विभिन्न क्षेत्रमा परिक्रमा गराई मनाइएको छ ।

त्यसैगरी, दधिकोटको चित्रपुरस्थित पूर्ण विनायक गणेश र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा गणेश जात्राको खट यात्रा गरी सिन्दूर खेल्दै टोलटोलमा देवता विराजमान गराइएको खट लगेर जात्रा मनाइएको छ । सिरुटारका बासिन्दाले खटलाई बोकेर सिरुटार, बालकोट परिक्रमा गराई जात्रा मनाएको सिरुटारका प्रकाश श्रेष्ठले जानकारी दिए । यहाँका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ५० बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति