फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण « Khabarhub

फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । यिनै चार टिमको संयुक्त प्रशिक्षण शिविरसमेत सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

प्रशिक्षण अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । नेपालको ७ खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएका थिए ।

महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकले पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् । त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन् ।

पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५–० अंकले पाखा लगाउँदै स्वर्ण जिते । पुरुष ४८ केजी तौल समूहमा नेपालका लालप्रसाद उप्रेती प्रतिस्पर्धात्मक खेलमा भुटानका दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजी समूहमा नेपालले ठूलो आशा गरेको चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके ।

तीनै राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिँदा‍ ३:२ ले पछि पर्दै रजतमा सीमित भए । यस अघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले पन्छाउँदै फाइनल पुगेका थिए ।

भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपालबाट प्रशिक्षकमा मुख्य प्रशिक्षक ओलम्पियन प्रवीण तुलाधर, आईबा थ्री स्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरू उमेश कटुवाल र सन्दिप श्रेष्ठ थिए । भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता सञ्चालनका लागि टेक्निकल डेलिगेट हेडको रुपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिइएको थियो ।

रेफ्री–जजमा नेपालबाट आईबिए थ्री स्टार रेफ्री–जज धनकुमार मैनाली, टु स्टार रेफ्री–जज सन्तोष आले मगर, वान स्टार रेफ्री–जज अनुराधा लामा, जीवन कवाँ र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपालबाट सहभागी असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ०८ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश