प्रतिनिधिसभा बैठक : साउदीमा अलपत्र नेपालीको उद्धार गर्न माग | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : साउदीमा अलपत्र नेपालीको उद्धार गर्न माग


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए। 

‘रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चाहेका बताएका छन्’ सांसद बर्तौलाले भने, ‘रोजगारविहीन भएकामध्ये दुई सय ४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।’

कम्पनी बन्द भएपछि दुई महिनादेखि नौ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उनले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको उनले सदनलाई जानकारी गराए।

‘कामविहिन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ,  बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,’ सांसद बर्तौलाले भने, ‘नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुट्न म सरकारसँग आग्रह गर्छु ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : २८ बजे

क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट

रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई

संसदीय समितिमा धाइरहेका छन् शिक्षामन्त्री, उपसमितिले नटुङ्ग्याएका विषयमा नेताहरूले सहमति जुटाउने

काठमाडौं– एक महिना आन्दोलन गरेपछि सरकारसँग वार्तामा बसेका शिक्षकहरू गाउँ

१४ अंककले घट्यो नेप्से 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ

असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको

काठमाडौं– तीनै तहको सरकार र विभिन्न निकायमा असुल गर्नुपर्ने बेरुजु