चार घर जलेको मखन पुगिन् उपप्रमुख डंगोल, ग्यास कम्पनीको अनुगमन बढाइने | Khabarhub Khabarhub

चार घर जलेको मखन पुगिन् उपप्रमुख डंगोल, ग्यास कम्पनीको अनुगमन बढाइने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वडा नम्बर २४ स्थित मखनटोलमा आगलागीबाट जलेका चारवटै घरको अनुगमन गरेकी छन् ।

बुधबार बिहान सुरूमा दयाराम श्रेष्ठको चारतले घरबाट आगलागी सुरू हुँदा अरू तीनवटा घरमा पनि क्षति भएको छ ।

क्षति भएका घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरमालिक दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग कुराकानी गरेकी छन् ।

‘आगलागी भएको जानकारीसँगै मखनटोल पुगेर अनुगमन गरेकी छु,’ डंगोलले भनिन्, ‘अहिलेसम्म ग्यास लीक भएर आगलागी भएको भन्ने छ । आगलागीका घटना धेरैजसो ग्यास चुहिएर हुने गरेका छन् । तिनलाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको बताइन् । आगामी दिनमा ग्यास कम्पनी र डिलरमा पनि अनुगमन गर्ने जानकारी उनले दिइन् ।

आगलागीबाट श्रेष्ठको चारतले घर पूरै जलेको छ। त्यही घरमा एकजना महिलाको मृत्यु भएको छ । दयारामसँगैको रुकेश श्रेष्ठको पाँचतले, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति पुगेको वडाध्यक्ष विनोदकुमार राजभण्डारीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : १९ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।