डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए « Khabarhub

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष अगाडि चोरिएका ८ वटा ल्यापटप बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएका छन् ।

उक्त विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर गाउँपालिकाकै पित्तोलुङमा गाडेको अवस्थामा मंगलबार भेटिएका हुन् ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले ती ल्यापटप भेटिएको पुष्टि गरेका छन् । वनेमका अनुसार २०८० पुस २२ गते राति विद्यालयको ढोका फोडेर ११ वटा ल्यापटप चोरिएका थिए ।

चोरिएका ल्यापटपमध्ये तीनवटा केही दिनमै भेटिए । तर अन्य आठवटा गायब थिए । ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आईसीटी कक्षाका लागि दिएको थियो । विद्यालय प्रशासनले जिम्मा लिएको केही दिनमै ती ल्यापटप चोरिएका थिए ।

अध्यक्ष वनेमले चोरीमा संलग्नको खोजी जारी रहेको बताए । उनले घटनामा संलग्नलाई पहिचान गरी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : १७ बजे

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन