जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो « Khabarhub

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तल बनाएको सुनिन्छ । बरामद भएको गाँजा चरेस पनि नक्कली निस्किन्छ ।

नेपाल जस्तै अनौठो घटना छिमेकी भारतको बिहार राज्यमा भएको छ । बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ ।

यो केवल प्रहरीको लापरबाही मात्रै नभएर ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।

मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा बरामद गरिएको थियो ।

त्यसलाई अदालका अधिकारीले समेत शिलबन्दी गरेका थिए। तर, जब अदालतमा पेश गरियो, त्यतिखेर चरेसको ठाउँमा इँटा भेटियो।

यो देखेर अदालतका अधिकारी पनि पनि अचम्ममा परे । घटना मोतिहारीको सुगौली रेल थाना अन्तर्गतको हो।

गत मार्च ५ तारिखका दिन आरपीएफ (रेलवे सुरक्षा बल) र सुगौली रेल थाना प्रहरीको संयुक्त कारबाहीमा तीनवटा बेवारिसे झोला सुगौली स्टेशनबाट बरामद गरिएको थियो। खानतलासी गर्दा करिब २४ किलो चरेस भेटिएको थियो ।

इँटा भेटिएपछि खैलाबैला

यस घटनाको आधारमा आरपीएफ इन्चार्ज राजीव रञ्जन प्रताप सिंहको निवेदनमा एफआईआर दर्ता गरिएको थियो।

जाहेरी दर्ता भएको दुई महिनापछि अदालतमा मजिस्ट्रेडसामु जब चरेसका पोका खोलियो, तब त्यहाँ इँटा र ढुंगा निस्कियो । चरेसको सट्टा इँटा भेटिएको समाचार फैलिएपछि अदालत परिसरदेखि रेलवे प्रहरी प्रशासनसम्म हंगामा मच्चिएको छ ।

यसबारेमा सुगौलीका सीओ कुन्दन कुमारले आफ्नैसामु तौल गरेर चरेसलाई सिल गरिएको बताउँदै त्यसपछि के के भयो आफूलाई जानकारी नभएको उल्लेख गरे।

यता रेल एसपी वीणा कुमारीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानको आदेश दिएकी छन्। स्थानीयबासीले यो घटना सुगौली रेल प्रहरीले देखाएको चरम लापरवाहीको प्रमाण भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३३ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा