जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो | Khabarhub Khabarhub

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तल बनाएको सुनिन्छ । बरामद भएको गाँजा चरेस पनि नक्कली निस्किन्छ ।

नेपाल जस्तै अनौठो घटना छिमेकी भारतको बिहार राज्यमा भएको छ । बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ ।

यो केवल प्रहरीको लापरबाही मात्रै नभएर ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।

मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा बरामद गरिएको थियो ।

त्यसलाई अदालका अधिकारीले समेत शिलबन्दी गरेका थिए। तर, जब अदालतमा पेश गरियो, त्यतिखेर चरेसको ठाउँमा इँटा भेटियो।

यो देखेर अदालतका अधिकारी पनि पनि अचम्ममा परे । घटना मोतिहारीको सुगौली रेल थाना अन्तर्गतको हो।

गत मार्च ५ तारिखका दिन आरपीएफ (रेलवे सुरक्षा बल) र सुगौली रेल थाना प्रहरीको संयुक्त कारबाहीमा तीनवटा बेवारिसे झोला सुगौली स्टेशनबाट बरामद गरिएको थियो। खानतलासी गर्दा करिब २४ किलो चरेस भेटिएको थियो ।

इँटा भेटिएपछि खैलाबैला

यस घटनाको आधारमा आरपीएफ इन्चार्ज राजीव रञ्जन प्रताप सिंहको निवेदनमा एफआईआर दर्ता गरिएको थियो।

जाहेरी दर्ता भएको दुई महिनापछि अदालतमा मजिस्ट्रेडसामु जब चरेसका पोका खोलियो, तब त्यहाँ इँटा र ढुंगा निस्कियो । चरेसको सट्टा इँटा भेटिएको समाचार फैलिएपछि अदालत परिसरदेखि रेलवे प्रहरी प्रशासनसम्म हंगामा मच्चिएको छ ।

यसबारेमा सुगौलीका सीओ कुन्दन कुमारले आफ्नैसामु तौल गरेर चरेसलाई सिल गरिएको बताउँदै त्यसपछि के के भयो आफूलाई जानकारी नभएको उल्लेख गरे।

यता रेल एसपी वीणा कुमारीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानको आदेश दिएकी छन्। स्थानीयबासीले यो घटना सुगौली रेल प्रहरीले देखाएको चरम लापरवाहीको प्रमाण भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३३ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको