रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो « Khabarhub

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे अध्ययन गर्न गठित अध्ययन टोली रारा ताल पुगेर सुर्खेत फर्किएको छ । 

रारा तालसम्मको सडकको अवस्था लगायतका विषयलाई अध्ययन गरेर टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को टोली फर्किएको हो । 

रारा ताल पुगेर आएको टोलीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच स्वागत गरेका थिए । 

टोलीले रारा यात्रा क्रममा देखिएका चुनौती र समस्या सम्बन्धमा मन्त्रालयलाई विस्तृत जानकारी गराएको छ । होटल तथा बासको अवस्था, सडकको अवस्था, पूर्वाधारको अभाव, पेट्रोलियम पदार्थको पहुँच, पर्यटक सुविधाको अभाव लगायतका चुनौती समाधान गर्न जरुरी रहेको बताएको टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले बताए । 

स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले रारा तालसम्मको यात्रा सहज बनाउनका लागि सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले मन्त्रालय पर्यटन पूर्वाधार विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनका आधारमा आगामी नीति तय गरिने जानकारी दिए।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।