रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो « Khabarhub

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे अध्ययन गर्न गठित अध्ययन टोली रारा ताल पुगेर सुर्खेत फर्किएको छ । 

रारा तालसम्मको सडकको अवस्था लगायतका विषयलाई अध्ययन गरेर टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को टोली फर्किएको हो । 

रारा ताल पुगेर आएको टोलीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच स्वागत गरेका थिए । 

टोलीले रारा यात्रा क्रममा देखिएका चुनौती र समस्या सम्बन्धमा मन्त्रालयलाई विस्तृत जानकारी गराएको छ । होटल तथा बासको अवस्था, सडकको अवस्था, पूर्वाधारको अभाव, पेट्रोलियम पदार्थको पहुँच, पर्यटक सुविधाको अभाव लगायतका चुनौती समाधान गर्न जरुरी रहेको बताएको टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले बताए । 

स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले रारा तालसम्मको यात्रा सहज बनाउनका लागि सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले मन्त्रालय पर्यटन पूर्वाधार विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनका आधारमा आगामी नीति तय गरिने जानकारी दिए।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३७ बजे

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि