अब लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी सेवा « Khabarhub

अब लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी सेवा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। 

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरी कम्पनीले सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै यो सेवा विस्तार गरेको हो।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई सहज हुने विश्वास टेलिकमको छ।

स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने यो मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरू समेत गुणस्तरीय दूरसञ्चार सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ। 

उच्च हिमाली क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउने यो कदमले समग्र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ४७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र