पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते, २ जनाको अवस्था गम्भीर « Khabarhub

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते, २ जनाको अवस्था गम्भीर


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ग १ ख ३८ ८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो।

दुर्घटनामा २८ जना भारतीय जना यात्रु घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले जानकारी दिइन् । उनका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका थिए । भारतीय पर्यटकले रिजर्भ गरेर लगेको बस अनियन्त्रित भएर पल्टिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ४ : ५१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।