सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित « Khabarhub

सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेनसी – अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएको एक प्रतिवेदनअनुसार भारी मौसमी वर्षाका कारण आएको आकस्मिक बाढीले अप्रिलको मध्यदेखि विभिन्न क्षेत्रमा १७ जनाको ज्यान लिएको छ र ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार मौसमविद्हरूले दक्षिणी र मध्य सोमालियामा आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन् । हर्न अफ अफ्रिका जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरू मध्ये एक हो र चरम मौसमका घटनाहरू बढ्दो र तीव्र हुँदै गइरहेका छन् ।

सन् २०२३ मा सोमालिया भीषण बाढीबाट प्रभावित भएको थियो । एल निनो मौसम ढाँचासँग जोडिएको मुसलधारे वर्षाले गर्दा आएको गम्भीर बाढीपछि एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०५ बजे

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि