सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित « Khabarhub

सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेनसी – अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएको एक प्रतिवेदनअनुसार भारी मौसमी वर्षाका कारण आएको आकस्मिक बाढीले अप्रिलको मध्यदेखि विभिन्न क्षेत्रमा १७ जनाको ज्यान लिएको छ र ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार मौसमविद्हरूले दक्षिणी र मध्य सोमालियामा आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन् । हर्न अफ अफ्रिका जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरू मध्ये एक हो र चरम मौसमका घटनाहरू बढ्दो र तीव्र हुँदै गइरहेका छन् ।

सन् २०२३ मा सोमालिया भीषण बाढीबाट प्रभावित भएको थियो । एल निनो मौसम ढाँचासँग जोडिएको मुसलधारे वर्षाले गर्दा आएको गम्भीर बाढीपछि एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।