टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता « Khabarhub

महालेखाको प्रतिवेदन

टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले टेलिकम कम्पनीहरूबाट अर्बौं थप दस्तुर उठाउन सरकारलाई ताकेता गरेको छ ।

 महालेखापरीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्दै टेलिकम कम्पनीहरूले नवीकरण दस्तुरबापत सरकारलाई बुझाउनुपर्ने रकम समयमा नै नबुझाएको भन्दै थप दस्तुरसहित असुल गर्नुपर्ने औँल्याएको हो ।

नेपाल टेलिकमको दोस्रो पटकको नवीकरणको म्याद ०७६ वैशाख २५ गते सकिएको र लाइसेन्स नवीकरणबापत बुझाउनुपर्ने २० अर्ब सो समयको तीन महिना अघि नै बुझाउनुपर्नेमा सो समयमा जम्मा १८ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएको महालेखाले औँल्याएको छ । बाँकी १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ ०८१ वैशाख २५ गते मात्रै बुझाएको भन्दै १५ प्रतिशतले थप दस्तुर टेलिकमसँग असुल गर्नुपर्ने महालेखाले सरकारलाई ताकेता गरेको छ । जुन रकम दुई अर्ब ९७ करोड १६ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ ।

त्यस्तै, महालेखाले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि तेस्रोपटक नवीकरण गर्दा पूरै दस्तुर नबुझाएको भन्दै थप दस्तुर लिन सरकारलाई ताकेता गरेको छ । एनसेलले गत वैशाख १५ सम्म नवीकरण दस्तुर २० अर्ब बुझाउनुपर्नेमा ६ अर्ब ४० करोड रुपैयाँ मात्रै बुझाएकोले एनसेलमार्फत् थप २ अर्ब चार करोड रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका