गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत « Khabarhub

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यहाँ उत्पादित कृषिउपज समयमा बजारसम्म पुर्‍याउन नसक्दा किसानहरूले ठूलो आर्थिक समस्या भोग्दै आएका छन् ।

उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको जनाइएको छ । सहकारीले किसानद्वारा उत्पादित तरकारी खरिद गर्ने र बजारसम्म पुर्‍याउने जनाएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिए । 

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरूले उत्पादित सामग्री सहज रूपमा बजारसम्म पुर्‍याउन सजिलो हुने भएको छ । यसले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताए। उत्पादित कृषिउपज सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकले पनि उचित मूल्य पाउने भएपछि उत्साहित भएका उनले उल्लेख गरे। 

कृषि एम्बुलेन्स सञ्चालन गर्नका लागि पालिकास्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र प्रत्येक वडामा उपसमिति गठन गरिएको छ । साथै प्रत्येक वडाको टोलटोलमा संकलन केन्द्र राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए। यसरी संकलन गरिएका तरकारी कृषिउपज बिक्री केन्द्र बुटवलमा लैजाने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

गाउँपालिकाले कृषिउपज बिक्रीका लागि बुटवलमा २८ नम्बर सटर भाडामा लिएको छ । कृषिउपज बिक्री केन्द्र बुटवलले सहकारीलाई सहुलियत दरमा सटर उपलब्ध गराउँदै आएको छ । गत वर्ष उक्त सटरबाट एक सय टन तरकारी बिक्री भएको थियो । पालिकामा व्यावसायिक रूपमा सागसब्जीखेती गर्ने कृषकहरू बढेकाले यस पटक दुई सय टन तरकारी बिक्री गर्ने लक्ष्य राखिएको पालिकाका अध्यक्ष पाण्डेले बताए। 

पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ । दश १० क्विन्टलसम्म तरकारी उत्पादन गरेर सहकारीमार्फत बिक्री गरेमा प्रतिकिलो दुई र दश क्विन्टलभन्दा माथि प्रतिकिलो तीन अनुदान उपलब्ध गराउँदै आइएको अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार पालिकाले गत वर्ष एक लाख ५० हजार उत्पादनको आधारमा कृषकलाई अनुदानबापतको रकम उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ०० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील