नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बारा– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । 

कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्‌घाटन गर्दै उनले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिए  । 

ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उनले बताए। 

कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफ्नो विचार व्यक्त गरेका थिए  ।

रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो । 

उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गरेका थिए । सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गरे । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।