कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत « Khabarhub

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले आज ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउनसके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।

‘परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ’, पूर्वअर्थमन्त्री महतले भने, ‘स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्छ । हामीले निःशुल्क पाएका प्रकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाई आम्दानी गर्नुपर्छ । मुलुकलाई समृद्धि बनाउन सकिन्छ ।’

आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारलाई उनले युवावर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरूलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिए ।

प्रि-बजेटको तयारीका क्रममा पूर्वअर्थमन्त्रीहरुसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाइ उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिने उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल