‘अबण्डा’ मा गरिएको करोडौँ खर्च भ्रष्टाचार हो कि होइन ? « Khabarhub

‘अबण्डा’ मा गरिएको करोडौँ खर्च भ्रष्टाचार हो कि होइन ?


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भ्रष्टाचारको फाइल खोल्छु’, ‘भ्रष्टाचार गर्दैगर्दिनँ गरेँ भने बीच बजारमा झुण्ड्याउनू’ जस्ता भाषण गर्दै निर्वाचित हुने स्थानीय सरकारका प्रमुखहरूले अबण्डा बजेट विनियोजन गरी अनियमितता गर्दै आएका छन् ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले ‘मेयर कोष’ भनेर विनियोजन गरेको १ करोड ५० लाख रुपैयाँ महालेखाले ‘अबण्डा’ मा राखी अनियमितता गरेको टिप्पणी गरेको थियो ।

आर्थिक वर्ष २०७९–८० मा धरान उपमहानगरपालिकाले २ करोड २७ लाख ९० हजार रुपैयाँ अबण्डा बजेट खर्च गरेको थियो । महालेखाले वित्तीय अनुशासन र पारदर्शिता नभएको उल्लेख गरेको थियो ।

यस्तै सुनसरीकै इटहरी उपमहानगरपालिकाले आर्थि वर्ष २०७९–८० मै विविध कार्यक्रम खर्च, मेयर कोष, उपमेयर आत्मनिर्भर कार्यक्रम, नगरको समपुरक हिस्सा, सवारी साधनलगायत शीर्षकमा १२ करोड ७६ लाख रुपैयाँ अबण्डामा राखेको थियो ।

सुनसरीका यी दुई स्थानीय तह उदाहरण मात्रै हुन् । आर्थिक वर्ष २०८१–८२ मा समेत ३१५ स्थानीय तहले ६ अर्ब ५९ करोड ३ लाख ८१ हजार रुपैयाँ अबण्डा राखी बजेट तथा कार्यक्रम स्वीकृत गरेका छन् । अबण्डामा राखेको बजेटको पारदर्शितामाथि प्रश्न उठ्ने गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा २९१ स्थानीय तहले ७ अर्ब ४४ करोड २३ लाख ९८ हजार अबण्डामा राखी बजेट तथा कार्यक्रम स्वीकृत गरेका थिए । महालेखा प्रतिवेदनले ‘अबण्डा’ मा राखेर बजेट खर्च गर्नु ‘अनियमितता’ भएको सुझाव दिए पनि स्थानीय सरकार सुध्रिएको देखिँदैन ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बैसट्ठीऔँ प्रतिवेदनमा आर्थिक वर्ष २०८१–८२ मा समेत ३१५ स्थानीय तहले ६ अर्ब ५९ करोड ३ लाख ८१ हजार रुपैयाँ अबण्डा राखी बजेट तथा कार्यक्रम स्वीकृत गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय–व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । महालेखाले अबण्डा बजेट विनियोजन गर्दा वित्तीय अनुशासन पालना नहुने भन्दै आएको छ ।

स्थानीय सरकार स्वायत्त हुँदा अबण्डामा विनियोजित रकम खर्च गर्न नदिने वा नियन्त्रण गर्ने नियामक निकाय नहुँदा स्थानीय सरकारको अपारदर्शिता बढ्दै गएको छ । अबण्डामा खर्च गरेको रकम असुलउपर गर्ने वा खर्च गर्नै नपाउने कानुनसमेत छैन ।

अबण्डा रकम कार्यपालिकाको निर्णयबाट पछि बाँडफाँट गरी पटके आयोजना र कार्यक्रममा खर्च हुने, वित्तीय अनुशासन पालना नहुने लगायतका अवस्था विद्यमान रहने हुँदा अबण्डा राखी खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्ने महालेखाले सुझाव दिँदै आएको छ । तर स्थानीय सरकारले अटेर गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ५७ बजे

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

भद्रपुर– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि