कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश « Khabarhub

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य माया राईलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले उनलाई बुधबार १० लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन अभियोगमा सांसद राई गत वैशाख १३ गते कपनबाट पक्राउ परेकी थिइन् ।

राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय कामाडौं सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

सांसद राईले स्वर्णलक्ष्मीमा सदस्य हुँदै सहसचिव भएर काम गरेको खुलेपछि अनुसन्धान थालिएको थियो ।

प्रहरी प्रतिवेदनमा सांसद राईको कार्यकालमा कूल २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बचत हिनामिना भएको थियो ।

भोजपुर घर भएकी सांसद राईविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३७ लाख ३५ हजार बिगो मागदाबी गरेर मुद्दा चलाएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राईलाई मुद्दा चलाइएको थियो । सभापति शेरबहादुर देउवानिकट राई जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्य छिन् ।

राईविरूद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी तत्कालीन सहसचिव थिइन् । रविलाई मुद्दा चलाउँदा राईलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि कांग्रेस सांसद राईलाई पक्राउ गरिएको थियो ।

यसअघि राईसहित पाँचजनालाई उन्मुक्ति दिएर रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राईसहितले ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ०८ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको