कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता « Khabarhub

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता भएका हुन् । आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।
 
बेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुशल रहेका छन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।
 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : २७ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको