पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो « Khabarhub

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो ।

गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो । उक्त आदेशपछि चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले काफ्लेपाटीमा थालेको तल्लो स्टेशन निर्माण रोकेको थियो ।

यसअघि चैत १३ गते केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न दिएको आदेशलाई सर्वोच्चले निरन्तरता नदिने निर्णयसँगै ढकाललाई राहत भएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले चैत १३ गते हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको थियो । उक्त रिटमा पाथीभरा देवी दर्शन केवलकार प्रालिसमेत १४ जनालाई विपक्षी बनाइएको थियो ।

बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरू यथास्थितिमा राख्न आदेशमा भनिएको थियो ।

अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुवै पक्षलाई झिकाउने निर्णय भएको थियो । दुवै पक्षको कुरा सुनिसकेपछि सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो ।

पाथीभरामा उद्योगी ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ । तर स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ३८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक