उभौलीको रौनक : टोलटोलमा साकेला सिली « Khabarhub

उभौलीको रौनक : टोलटोलमा साकेला सिली


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ । उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन् ।

साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ । यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु भएको छ । आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिए । भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईको भनाइ छ ।

किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् । भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ ।

साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ । पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छरलगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन् ।

त्यसैगरी महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर नाच्ने गर्दछन् । हिजोआज किरात समुदाय मात्र नभई अन्य समुदायका युवाहरुलेसमेत साकेलामा सहभागी भई नाच्न थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ३९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको