‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’ « Khabarhub

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको आमसञ्चारमाध्यममा दलितको सरोकार विषयक अन्तरक्रियाका वक्ताहरूले दलित समुदायलाई नियतबस नै अन्याय गरिएको विचार व्यक्त गरेका हुन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडीले आमसञ्चारमाध्यम मात्रै नभई सञ्चारसम्बन्धी सरकारी निकायसमेत दलितमैत्री हुन नसकेको बताए । सञ्चारमाध्यमले दलितका मुद्दा उठान गर्दै आए पनि यति नै पर्याप्त नरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चारमाध्यममा दलित समुदायलाई समावेशीमूलक बनाउन र समावेशी सञ्चारगृह बनाउन काउन्सिलले प्रयत्न गर्ने बताए । काउन्सिलको यति लामो इतिहासमा एक जना पनि दलित समुदाय सदस्य र अध्यक्ष नभएकामा अब असमावेशी संरचना हटाएर समावेशी काउन्सिल बनाउनुपर्ने धारणा राखे ।

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संविधानले व्यवस्था गरेको समावेशी नीति आमसञ्चार क्षेत्रमा पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए । महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले समावेशीबाटै नवीन समाजको परिकल्पना सम्भव हुने धारणा राखे ।

कार्यक्रममा मेघेन्द्र विश्वकर्माले आमसञ्चार दलित (अ)समावेशीताको सवालः समस्या नीति कि नियत ? विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सञ्चारकर्मी पवित्रा सुनारले दलित समुदायका मुद्दा समाचार बनेका भए पनि राज्यको संरचनामा नै नेतृत्वदायी तहमा समावेशी नरहेको टिप्पणी गरे ।

छलफलमा नीतिगत रूपमै समावेशी विषयवस्तु उठानुका साथै नियतमा समावेशी सोच आत्मसात गर्नुपर्ने, दलित समुदायका सवालमा बढीभन्दा बढी विषयवस्त उठानका लागि मिडिया नीति समाचार कक्षमा समानुपातिक उपस्थिति र प्रोत्साहन आवश्यक रहेको, मिडियाको विष्लेषणका विषयवस्तु विश्लेषण गरी दलितका सवाल उठान गर्न पैरवी गर्ने, दलितले सञ्चालन गर्ने मिडियालाई प्रोत्साहन गर्ने, पत्रपत्रिका वर्गीकणरमा नै समावेशी विषयवस्तुलाई मूल्याङ्कन गर्ने, राज्यले आफ्ना सञ्चार प्रतिष्ठा निर्णायक तहमा दलितलाई स्थान दिनुपर्नेलगायत विषय उठान गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : ०२ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज