गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा स्पष्टिकरण सार्वजनिक गरेको छ । सांसद प्रेमबहादुर आले लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा प्रश्न उठाएपछि क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा अधिग्रहणको काम भएको जनाएको हो ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने उद्देश्यले मन्त्रिपरिषद्को २०७२/०९/२९ तथा २०७३/०१/२७ को निर्णय बमोजिम हालसम्म करिब ४५३ बिगाहा जग्गा अधिग्रहण भएको र अन्य करिब ४७ बिगाहा सार्वजनिक जग्गा (पर्ती, ऐलानी, खोला, कुलो, आदि) गरी करिब ५०० बिगाहा रहेको’, क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आइकाओको मापदण्ड बमोजिम फोरई–क्याटागोरी को फूल फ्लेड्ज अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने जग्गा मात्रै अधिग्रहण गरिएको क्यानले जनाएको छ । साथै क्यानले पुर्नवास योजना लागू गर्न वातावरणीय मूल्यांकनअनुसार फोहोरमैला व्यवस्थापन र हवाई सुरक्षाका दृष्टिकोणले छुट्याइएको ४० बिगाहा ‘भैंसी आतंक र प्रयोगबिहीन’ भनेर अतिरञ्जित गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : ५५ बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू