‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै « Khabarhub

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो ।

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिए ।

उनले भने, ‘चालु आर्थिक वर्षमा मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्‍याइएको छ ।’

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो ।

‘समुदाय नै खानेपानीबाट वञ्चित हुनुपरेको छैन, लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ’, उनले भने, ‘थोरै घरपरिवारका लागि धेरै लगानी गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन ।’

त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान रकम भुक्तानी गरेको छ । आव २०८०–२०८१ को जेठ महिनादेखि आव २०८१–८२ को पुससम्म ५५ लाख ३८ हजार ९०० रुपैयाँ वितरण गरेको हो । (रासस)

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : ११ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल