‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान « Khabarhub

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा देखिँदै छन् । आमिरको महत्वांकाक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० बाट हलमा लाग्दैछ ।

यस लगत्तै जीवनकै महत्वांकाक्षी फिल्म ‘महाभारत’मा काम गर्ने उनले घोषणा गरेका छन् । यो फिल्म निकै विशेष रहेको उनले बताउँदै आएका छन् ।

उनले भनेका छन्, ‘महाभारतमा मेरो भूमिका यस्तो विशेष छ, जुन निर्वाह गरेपछि मैले गर्न बाँकी केही नै रहँदैन जस्तो मलाई महसुस भएको छ ।’

यही अभिव्यक्तिलाई लिएर आमिरले फिल्मबाट सन्यास लिगेको चर्चा पनि केही साताअघि चलेको थियो ।

तर, अहिले नयाँ खबर बाहिरिएको छ । उनले निर्देशक लोकेश कनगराजको ‘सुपर हिरो थ्रिलर‘ जनरामा बन्ने फिल्ममा अभिनय गर्ने भएका छन् ।

उनले भारतीय मिडिया टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा यसको खुलासा गरेका हुन् । कागजी सम्झौता पनि भइसकेको उनको भनाइ छ ।

आमिरले उक्त फिल्मको नाम भने खुलाएका छैनन् । यद्यपि यो ठूलो बजेटको फिल्म रहेको उनले खुलाए ।

उनले भने, ‘लोकेश र म एकसाथ फिल्म गर्दैछौं। अहिले यो भन्दा बढी खुलाउन मिल्दैन ।’ यो फिल्मको छायाङ्कन २०२६ भित्र पूरा हुने आमिरले बताएका छन् ।

लोकेश ‘कैथी’, ‘विक्रम’ र ‘मास्टर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक हुन् । आमिर निकै सोच विचार गरेर मात्रै फिल्म साइन गर्ने गर्छन् ।

अब यी दुईको सहकार्य गर्ने खबरले फ्यानहरुमा उत्साह पैदा भएको छ । फिल्म प्रेमी दर्शकमा स्वत: उत्साह थपिएको छ ।

विभिन्न भारतीय मिडियाका अनुसार अहिले आमिर निकै व्यस्त छन् । उनी दादासाहेब फाल्केको बायोपिकको तयारीमा पनि रहेका बुझिएको छ ।

अब आमिरले पहिला कुन फिल्मको छायाङ्कन गर्लान् चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ६ : ४६ बजे

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन