टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक | Khabarhub Khabarhub

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल रोमाञ्चक मोडमा पुगेको छ।

अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटको विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिका फेरि एक पटक उपाधिको नजिक पुगेको छ।

लण्डनमा जारी खेलमा २८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेटको क्षतिमा २१३ रन जोडेको छ। जितका लागि थप ६९ रन आवश्यक रहेको समयमा ८ विकेट बाँकी छ।

दक्षिण अफ्रिकालाई प्रतियोगितामा फर्काउनका लागि आइडन म्याक्रम र कप्तान तेम्भा बभुमाले तेस्रो विकेटका लागि ३८ ओभरमा १४३ रनको साझेदारी गरे। म्याक्रमले १५६ बलमा शतक पुरा गरेका छन्।

चौथो दिन म्याक्रमले १०२ तथा बभुभाले ६५ रनबाट खेल्न सुरु गरेका छन्। यसअघि ६ रनमा नै हुँदा घाइते भएका बभुमा रिटायर्ड हर्डको नजिक पुगे पनि उनले लामो समय उपचार गरेर खेलमा निरन्तरता दिएका थिए।
पहिलो पारीमा २१२ रन जोडेको अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १३८ रनमा सीमित गरेको थियो। जवाफमा अस्ट्रेलियाले २०७ रन बनाएको थियो।

१३४ रनमा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि मिचेल स्टार्कले अविजित रहँदै ५८ रन जोडे। एलेक्स क्यारीले ४३ रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले चार तथा लुङ्गी एनगिडीले तीन विकेट लिए।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : २२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी