म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण « Khabarhub

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्वारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्याएर खेलमैदान निर्माण गरिएको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्याएर ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको उनको भनाइ छ । ‘विद्यालयको खेलमैदानमा खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,’ उनले भने, ‘पाखोबारी सम्याएर खेलमैदान बनाएका हौँ ।’

डोजर परिचालन गरेर सम्याइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन् । छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गरेका छन् । क्लबमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन् । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छ ।

खेलमैदान निर्माण भएपछि पाउद्वारका युवालाई खेल अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : १९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण