म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण « Khabarhub

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्वारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्याएर खेलमैदान निर्माण गरिएको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्याएर ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको उनको भनाइ छ । ‘विद्यालयको खेलमैदानमा खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,’ उनले भने, ‘पाखोबारी सम्याएर खेलमैदान बनाएका हौँ ।’

डोजर परिचालन गरेर सम्याइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन् । छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गरेका छन् । क्लबमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन् । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छ ।

खेलमैदान निर्माण भएपछि पाउद्वारका युवालाई खेल अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : १९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर