प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सञ्चालन गरेको ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बन्दै गएको छ ।

कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठ वटा वडामा अहिले सीप विकास तालिम चलिरहेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार वडा नम्बर ३, ४ र २२ अहिले स्तरोन्नति सीप विकास तालिम सञ्चालन भइरहेको छ ।

कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि तत्काल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको रहेको छ ।

यससँगै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन् । वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरोन्नति तालिम सञ्चालनमा छ । ‘सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्छ । यसपछि हामी बजारीकरणमा सहयोग गर्ने पनि उपप्रमुख डङ्गोलले भनिन् ।’

यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नम्बर ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःम सहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ ।

यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिइन् । (रासस)

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ११ : ५८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको