मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ « Khabarhub

मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न आज यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागूऔषध दुव्र्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताए। यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

साथै उनले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गरे । 

कार्यक्रममा विशेषगरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो । नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिहरूले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामका लागि एकीकृत रणनीतिका लागि विशेष जोड दिएको थियो । सुनुवाइका क्रममा सहभागीले आफ्ना अनुभवहरू बाँड्दै, खुला छलफलमा संलग्न हुँदै सतर्कता तथा अनुगमन प्रणालीलाई सुदृढ गर्न सुझाव दिएका थिए । 

सरोकारवालाहरूले आन्तरिक मानव बेचबिखन न्यूनीकरणको दिगो समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै बढ्दो चुनौतीलाई सम्बोधन गर्न आपसी सहकार्य गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उठाइएका सुझाव र चिन्तालाई स्थानीय सरकार र माइती नेपालले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ५ : २५ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी