ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन  « Khabarhub

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विभिन्न सवारी कारबाहीबाट दुई करोड ३३ लाख ८ हजार नौसय राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार यो अवधिमा तिन हजार १५ वटा सवारीलाई कारबाही गरिएको थियो। जस अन्तर्गत ४ सय ७७ वटा ट्रक कारबाहीबाट ४ लाख १० हजार राजस्व संकलन भएको थियो।

त्यसैगरी ५ सय ७५ वटा बस कारबाहीबाट  ४ लाख ४८ हजार ५ सय, १ हजार १३ वटा जिपकार कारबाहीबाट ४ लाख ६७ हजार, १ सय ९ वटा ट्याक्टर कारबाहीबाट ८८ हजार पाँच सय राजस्व संकलन भएको प्रमुख भट्टराईले बताए।

त्यसैगरी ७ सय मोटरसाइकल कारबाहीबाट ८ लाख ६२ हजार ९ सय र १ सय २३ वटा अन्य सवारीसाधानबाट १ लाख ४ हजार राजस्व संकलन गरिएको बताए।

त्यसैगरी  कार्यालयले ई-चलान कारबाहीबाट पनि ६ लाख ९३ हजार पाँचसय राजस्व संकलन भएको जनाएको छ। कार्यालयको वार्षिक तथ्यांकअनुसार यो अवधिमा ३२ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने, ७३ जना घाइते भएको पनि उल्लेख गरेको छ। मृत्यु हुनेहरूमा पुरुष ३ जना, महिला ३ जना र बालक १ जना रहेको छ भने घाईते हुनेहरूमा ४४ जना पुरुष, १७ जना महिला, ९ जना बालिका र ३ जना बालक रहेको छ।

त्यसैगरी कार्यालयले दुर्घटना न्यूनीकरणको लागि जिल्लाभरमा ६ सय ८ पटक विभिन्न राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था तथा बजार क्षेत्रमा जनचेतना कार्यक्रम सञ्चालन गरेको समेत ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : ४१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले