आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी « Khabarhub

आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशङ्करले आतंकवादविरुद्ध बेल्जियमले गरिरहेको सहकार्यप्रति खुशी प्रकट गरेका छन् । बेल्जियम भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले आतंकवादविरुद्धको सहकार्यमा बेल्जियमको भूमिकाप्रति खुशी प्रकट गरे ।

उनले बेल्जियम र भारतबीच कायम द्विपक्षीय सहकार्य वृद्धि हुँदै गइरहेको पनि उल्लेख गरे । पछिल्लो समय बेल्जियमसहित युरोपेली मुलुकहरु र भारतबीच सफा ऊर्जा, औषधि, प्रविधि, पारवहनजस्ता क्षेत्रमा सहकार्य वृद्धि हुँदै गइरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बेल्जियममा उनले त्यहाँका उपप्रधान एवम् विदेशमन्त्री म्याक्सिम प्रेभोसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच आपसी हितका विषयमा छलफल भएको एएनआईले उल्लेख गरेको छ ।

केही समयअघिमात्रै बेल्जियमकी राजकुमारी एस्ट्रिडले पनि भारतको भ्रमण गरेकी थिइन् । युरोप भ्रमणमा रहँदा विदेशमन्त्री जयशङ्करले युरोपेली युनियनका नेताहरुसँग पनि उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०१ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार