रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो « Khabarhub

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल सम्मिलित अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जितेको छ।

अबुधाबी कन्ट्री क्लबले ७ खेलमध्ये सबै जितेर अपराजित रहँदै २१ अंकसहित उपाधि कब्जा गरेको हो। टोलीले प्रतियोगिता अवधिभर ३३ गोल गर्दै एक पनि गोल खाएन् ।

यो अबुधाबीको लगातार ११औं उपाधि हो । उपाधि जितेपछि उनले सामाजिक सञ्जालमा ट्रफीसहितका तस्वीर र भिडियोहरू साझा गरेकी छन्।

क्लबसँगको सफल यात्रा सम्पन्न भएपछि रेखा अब केही दिनमै नेपाल फर्किनेछिन्। उनी राष्ट्रिय टोलीको क्याम्पमा सहभागी हुँदै एएफसी महिला एसियन कप २०२६ छनोटको तयारीमा जुट्नेछिन्।

उक्त प्रतियोगिताको छनोट खेलहरू आगामी जुन २९ देखि उज्बेकिस्तानमा सुरु हुँदैछन् । जसका लागि नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ५६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का