कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित « Khabarhub

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको संयुक्त गठबन्धन सरकार बनेको सोमबार एक वर्ष पूरा भएको छ ।

संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएसँगै ओली गत वर्षको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकार गठन अघि दुई दलबीच भएको सहमतिअनुसार संविधान संशोधन, सुशासन र स्थायित्वलाई प्राथमिकताका साथ उठाइएको थियो ।

तर सरकार गठनको एक वर्ष पूरा हुँदासमेत संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको छ । यस्तै, सरकार प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।

सात बुँदे सहमतिमा दुई दलले संविधान संशोधनलाई मुख्य राजनीतिक एजेन्डा बनाएका थिए । तर एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार तथा सत्तारुढ दलले कार्यदलसमेत बनाउन सकेका छैनन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ३० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि