कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू) « Khabarhub

कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू)


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरू यहाँ पुग्ने गर्छन् । मानिसहरू फोटो/भिडियो खिचेर रमाइरहेका देखिन्छन् ।

काठमाडौं, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् ।

इष्ट इण्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किमी उत्तरतर्फ रहेको सिन्धुलीगढी चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ । बर्खा सिजनमा यो ठाउँ कुहिरोसँग लुकामारी खेलिरहेको हुन्छ । यो ठाउँ काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास रहेको छ ।

सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ । युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो । अन्य थुप्रै ऐतिहासिक स्थलहरू यहाँ रहेका छन् ।

गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान अवस्थित छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ३२ बजे

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि,

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा