कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू) | Khabarhub Khabarhub

कुहिरोसँग लुकामारी खेलिरहेको सिन्धुलीगढी (तस्बिरहरू)


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरू यहाँ पुग्ने गर्छन् । मानिसहरू फोटो/भिडियो खिचेर रमाइरहेका देखिन्छन् ।

काठमाडौं, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् ।

इष्ट इण्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किमी उत्तरतर्फ रहेको सिन्धुलीगढी चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ । बर्खा सिजनमा यो ठाउँ कुहिरोसँग लुकामारी खेलिरहेको हुन्छ । यो ठाउँ काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास रहेको छ ।

सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ । युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो । अन्य थुप्रै ऐतिहासिक स्थलहरू यहाँ रहेका छन् ।

गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान अवस्थित छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ३२ बजे

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।