प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन « Khabarhub

प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बाढी पहिरोका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउन आग्रह गरेका हुन् ।

प्रचण्डले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि बताए । 

गत वर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै उनले यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे । 

‘विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी, माओवादी केन्द्र, वाईसीएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन् ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : १६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको